नेपाल मार्ट व्यवसायी संघका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई जानकारी गराइन्छ कि संघको महत्वपूर्ण विषयहरूमा छलफल तथा निर्णय गर्नका लागि निम्न मिति, समय र स्थानमा बैठक बस्ने भएकोले अनिवार्य रूपमा उपस्थित भइदिनुहुन अनुरोध गरिन्छ।
मिति: २०८२।१२।२८ शनिवार
समय: दिउसो १२ बजे
स्थानः व्याम्बो थकाली होटेल, नयां बानेश्वर, शान्तिनगर गेट ।
१. स्थायी लेखा नम्बर (PAN) दर्ता
२. हस्ताक्षर गर्न अख्तियारी दिने
३. बायोमेट्रिक र फोटोका लागि अधिकृत व्यक्ति तोक्ने
४. राष्ट्रिय वाणिज्य बैंक, न्यू रोड शाखामा खाता खोल्ने
५. विधान बमोजिम हस्ताक्षरकर्ताहरू अनुमोदन गर्ने
उपरोक्त विषयहरूमा महत्वपूर्ण निर्णय लिनु पर्ने भएकाले सबैको उपस्थिती अत्यन्तै आवश्यक रहेको छ।
आदेशानुसार,
शैलेश अमात्य
महासचिव
नेपाल मार्ट व्यवसायी संघ
मिति: २०८२।१२।२७